What is Politics? राजनीति भनेको केहो ?
साधारण तया मानिसहरु राजनीतिलाई फ़ोहोरी खेल मानेर राजनीति प्रति नकारात्मक बिचार राखछन जून कुरा समाज र् देशको भबीस्य संग जोडियकों हुन्छ त्यस्तो गंभीर बिसयमा जन्ताले चासो नाराख्नु दुर्भाग्य पूर्ण बिसय हो/
राजनीति शब्द आफैं मा परिभासित छ राज र् नीति राज को अर्थ शासन र् नीति को अर्थ उचित समय उचित स्थान मा उचित कार्य गर्ने कला हो जून हाम्रो देश मा जेनजी आंदोलन पछिको माहोल बाट पनि बुझन सकिन्छ / तसर्थ नीतिशास्त्र को माध्यम बाट शासन गर्ने वा निश्चित उद्देस्य प्राप्त गर्ने माध्यम वास्तब मा राजनीति हो / अर्को अर्थमा जन्ता को सामाजिक र् आर्थिक अबस्था तथा सार्बजनिक जीबन उकास्ने कार्य पनि भनिन्छ / तर यो सबै जन्ता मा निर्भर पर्ने कुरा हो किन की नेता जन्ताको इसारा मा चल्ने गर्दछन तर गरीप देश का जन्ताले यो कुरा बुझ दैनन किनकी उनीहरु शासक लाई मालिक मान्दछन / त्यसैले सबै भन्दा पहिला जन्ता शिक्षित हुनु अति आबसेक छ / अनि मात्र देश बिकास संभाव हुन्छ /
राजनीति - शासन गर्ने कला हो /
राजनीति -सम्झौता गर्ने कला हो /
राजनीति - मानिस हरुबिचकों भेदभाव संघरस र् अराजक लाई समाप्त गर्ने कला हो /
तर भ्रटचारी नेता हरुले गर्दा समाज मा राजनीति प्रति नकारात्मक धारणा पाईन्छ उनी हरु राजनीति लाई डर्टि गेम को रुपमा बुझ छन धेरै मानिसहरुले राजनीति लाई स्वार्थ झुट को खेती र् भ्रटचार संग जोडेर हेरछन त्यसैले घर परिबार र् समाज मा राजनीति गर्नु हुदैन भन्य सोच को बिकास भयकों देखिन्छ जसले गर्दा पॉलिटिक्स पढ़ने बिधार्थी समेत समाज मा निकै कम देखिन्छ / यसरी राजनीति लाई नराम्रो र् अपबीत्र कार्य को रूप मा हेर्दा देश मा नया युवा नेता र् सचछेम नेतृत्व को चैन हुन संभव हुदैन
त्यसैले यो धारणा राजनीति प्रति होइन खराब र् भ्रटचारी राजनीतिक नियत प्रति हो भन्य कुरा हामीले बुझ्न जरूरी छ /सफल राजनीति बिना देश बिकास संभव हुदैन / जब देशले देश र् जन्ता र्प्रति बफादार नेता पाउछ अनि मात्र देश मा बिकास का सबै बाटा हरु खुलन थालछन /
निस्वार्थ ब्यक्तिको लागि राजनीति समाजशेवा हो , देश भक्तिको लागि राजनीति राजनीति रास्ट्रसेवा हो, लोभी, लालची, डाढे भड़ुवा को लागि राजनीति भ्रस्टचार गर्ने थलों हो /
राजनीति देश को समस्या समाधान गर्ने मुख्य माध्यम हो :
देश को सबै नीति निर्माण कानून को कार्यानवयन,स्रोत साधन को न्यायोचित बिबरण र् राज्य संचालन सबै राजनीति निर्णय बाट तय हुदा , दूरदर्शी र् नैतिकवानं राजनीतिले मात्र बेरोजगार भ्रस्टाचार असमानता र् बिकास जस्ता जटिल समस्या लाई योजना बद्ध रुपमा समाधान गर्न सक्छ / त्यसैले राजनीति लाई देश को समस्या समाधान गर्ने मुख्य मध्याम मानिन्छ / तर आफनों स्वार्थ केंद्रित अपसरबादी राजनीतिले देश को समस्या समाधान को साटो समस्या झन थापने काम गर्छ / किन कि त्यो शासक लाई आफनों सरकार कति बेला ढल्छ भनी चिन्ता ले उसलाई बढ़ी पिरोलेको हुन्छ बिशेस गरी असच्छेम नेताको यही कमजोरी हुन्छ/ उनीहरुलाई देश र् जन्ता प्रति बिस्वास हुदैन त्यसैले उनीहरु जन्ता संग नचाहिदों संका गर्छन त्यसैले उनी हरु देश मा बिकास र् परिपर्तन गर्न चाहदैनन उनी हरुको पापी मनमा जन्ता शिक्षित भए देश बिकसित भए आफनों सत्ता समाप्त हुन्छ भन्य मानसाय हुन्छ/ जसले गर्दा देश हजरौ बर्स पछि पर्छ जन्ताले हजारौ बर्स दुख पाउनु पर्छ / त्यसैले देशको समृद्धि र् स्थाई त्यो को लागि सही सोच स्पस्ट भिजन जन उत्तरदाई राजनीति अपरिहार्य हुन्छ /
पॉलिटिक्स भनेको यस्तो बिज्ञान हो जसको परिक्षेण जन्ता को मत बाट गरिन्छ त्यसैले यसमा को सै लाई दोस दिने ठाऊ हुदैन जसमा जन्तालाई सबै भन्दा ठूलो स्थान दीयकों हुन्छ / त्यसैले लोकतंत्रमा देशको भबीस्य पॉलिटिक्सले निर्धारण गर्छ र् पॉलिटिक्स को भबीस्य जन्ताले निर्धारण गर्दछन/ यो धुरब सत्य कुरा हो/
तर जब जन्ता शिक्षित हूँन् चाहदैनन् उनीहरुको रुचि पढ़ाई तीर हुदैन सजिलो बाटो खोजी गर्दै गुलामी को सिकार हुन्छन, जन्ता बिदेश तीर मोहित हुन्छन आफनों दाईत्यो बिरसेर हाकिम र् नेतालाई मालिक मानछन आफनों अमूल्य भोट बेचछन आफ्नो अमूल्य समय जुवा तास वा नचाहिदों कुरा गरेर बिताउछन भने ती देशमा गरीप को रूल फलों हुन्छ ती देश सधा गरीप हुन्छन कुनै पनि आधुनिक सिस्टम ले काम गर्दैन /
त्यस्ता देश का कर्मचारी नेताले आफूलाई भाग्यवानी ठानछन देश सदा को लागी गरीप हुन पुग्छ सबै तह मा गुट उपगुट हरुको हाली मुहाली हुन्छ / जसको बयान गरद्दा लेखक को आसू झरछ तर जन्ता को बुध्दि कहिलेई फिरदाईंन्
किन की जन्ता बिदेशी कमाई मा रमाउन्न थालछन युवा बिदेश पलायन हुन्छन देशमा बिदेशी हाबी हुन्छ पुराना नेताले नया पूस्ता लाई सत्ता हस्तांतरण गर्न चाहदैन जन्ताले सान्तीको शास फेरन पाउदैनं /
Comments
Post a Comment